चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर अशिष राना लाहुरेलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती पोखराको जाल्पारोडस्थित घरको कोठाबाट लागुऔषधसहित लाहुरे पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीले पुष्टि गरेको छ ।

कास्की प्रहरीका प्रमु्ख एसपी रमेश थापाका अनुसार र्‍यापर उनलाई रातको १२ बजे एक महिलासँग लागुऔषध ब्राउनसुगर सेवन गरिरहेको सुचनाका आधारमा पक्राउ गरिएको हो । उनीसँगै एक युवति पनि पक्राउ परकी छन् । उनीहरुको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरी स्रोतले टिभी अन्नपूर्णलाई जानकारी दिएको छ ।
लाहुरेका नामबाट चर्चित राना हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो रोडिजका निर्णायक पनि हुन ।

उनले लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । लागुऔषध नियन्त्रण ऐनअनुसार लाउरेलाई १० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैदको सजाय हुनसक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार