हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध

मंगलबार रातीदेखि परेको बर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अबरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडक अबरुद्ध हुँदा पूर्वि रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वि रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् । हिउँ जमेकाले सडक पुर्ण रुपमा अवरुद्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले बताए ।

भारी हिमपात भएको भएपनि कुनै मानविय वा चौपाए क्षेती नभएको उनले बताए ।

Loading...