काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको हो । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, रातिमा भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाले भनेको छ- ‘देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार