जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । तीनै जनाको सनाखत हुन नसकेको भण्डारीले बताए। घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार