नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५३६ र एन्टिजेन विधिबाट ४ हजार ३० जनामा परिक्षण गर्दा २६४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार ७६३ र एन्टिजेनबाट ९६ हजार १७४ जना पुगेको छ ।

यस्तै, आज थप २६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ ।

Loading...