माओवादीमा देखियो दुई धार : राम कार्कीले राखे फरक मत

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेता राम कार्कीले फरक मत राखेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि कार्कीले पूरक प्रस्ताव राखेका हुन् ।

‘केही पुरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राखेका हुन् । फरक मतमा उनले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गरेका छन् ।

अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गरेका छन् ।

आफ्नो धारणमा थप आधार शीर्षकमा नेता कार्कीले विभिन्न बुँदा उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेका २१ बुँदामा भ्रष्टाचार, जातिको हक, समृद्धि, भूमिसुधार, श्रमिकलाई क्रान्तिकारी शक्ति बनाउने, प्रजातन्त्रको सामाजिक पक्ष, वर्गको स्वार्थलगायत विषय समेटेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार