सनराइज बैंकद्वारा ३ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले ३ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया, सुनसरीको दुहबी नगरपालिका–८, जुटमिल चोक र कैलालीको भजनी नगरपालिका–४, खैलाडमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८३ पुगेको जनाइएको छ । बैंकले १ सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ६१ वटा एटीएमबाट पनि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार