‘स्पाइडर म्यान: नो वे होम’ बन्यो महामारीमा सबैभन्दा धेरै कमाउने फिल्म

स्पाइडर-म्यान फ्रेन्चाइजको नयाँ फिल्म ‘स्पाइडर-म्यान: नो वे होम’ विश्वव्यापी बक्स अफिसमा १ बिलियन भन्दा बढी कमाउने महामारीको समयमा पहिलो फिल्म बनेको छ। योसँगै यो कमाईको हिसाबले २०२१ को सबैभन्दा ठूलो फिल्म पनि बनेको छ ।

यसले चीनको कोरियाली युद्ध फिल्म ‘द ब्याटल अफ लेक चाङ्जिन’लाई उछिनेको छ जसले विश्वभर ९०५ मिलियन डलर भन्दा बढी कमाएको थियो ।

मिडिया डाटा एनालिटिक्स फर्मको अनुसार २०१९ मा १ बिलियन भन्दा बढी कमाउने पहिलो फिल्म ‘स्टार वार्स: द राइज अफ स्काईवाकर’ थियो । दुई वर्ष अघि महामारी सुरु भएदेखि कुनै पनि हलिउड फिल्म स्टार वार्सको बक्स अफिस संग्रहको नजिक पनि आउन सकेन ।

यो साताको अन्त्यमा, मार्वल सिनेमेटिक युनिभर्स फिल्मले बक्स अफिसमा १.०५ बिलियन डलर कमाएको छ । सोनी र डिज्नीद्वारा सह-निर्मित यो फिल्मले यसको प्रिमियरको दुई हप्ता भन्दा कम समयमा बक्स अफिसको यो ठूलो सङ्कलन रेकर्ड तोडेको छ । त्यो पनि यस्तो समयमा जब कोविड-१९ को ओमिक्रोन भेरियन्ट विश्वभर तीव्र गतिमा फैलिरहेको छ ।

विश्वको सबैभन्दा ठूलो सिनेमा बजार चीनमा यो फिल्म रिलिज हुन बाँकी छ । स्पाइडर-म्यान: नो वे होममा, टम हल्यान्डले पिटर पार्कर, जेन्डायाले एमजे र बेनेडिक्ट कम्बरब्याचले डाक्टर स्ट्रेन्जको भूमिका खेल्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार