वीरेन्द्रनगरको खुल्ला चौरमा युवकको शव भेटियो

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा एक युवकको शव फेला परेको छ ।

चिङ्गाड गाउँपालिका-६, घर भई हाल वीरेन्द्रनगर-१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका -८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा बिहान ७ बजे प्रहरीले शव भेटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिए ।

शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार