ढुंगानापछि सीईओ बन्ने गरी निफ्रा छाडेर नेपाल बंगलादेश बैंक गए भुपेन्द्र पाण्डे

काठमाडौं । भुपेन्द्र पाण्डे नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बनेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे नेपाल बंगलादेश बैंक गएका हुन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सिनियर डीसीईओमा नियुक्त गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक खुलेसँगै उनी डीसीईओका रूपमा काम गर्न गएका थिए । पाण्डे चाटर्ड एकाउन्टेन्ट हुन । पाण्डेलाई बैंकले सीईओ बनाउने तयारी गरेको छ । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल केही दिनमा सकिँदैछ । उनी बाहिरिने भएपछि सञ्चालक समितिले पाण्डेलाई भित्र्याएर जिम्मेवारी दिने तयारी गरेकाे छ । पाण्डेले माघ १ गतेदेखी एनबी बैंक सम्हाल्ने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार