एमालेनिकट अनेरास्ववियको राष्ट्रिय सम्मेलन चैत २२ देखि

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलन आगामी चैत २२ देखि २४ सम्म हुने भएको छ ।

संगठनकी अध्यक्ष सुनीता बरालको अध्यक्षतामा हालै बसेको बैठकले यो निर्णय गरेको हो । त्यसअघि अनेरास्ववियुले फागुन ७ गते विधान सम्मेलन गर्नेछ ।

बरालको अध्यक्षतामा पुस १० र ११ गते बसेको सचिवालयको बैठकलाई अध्यक्ष केपी शर्मा ओली, मोर्चा समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, संगठनका इन्चार्ज माधव ढुंगेललगायतले सम्बोधन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार