काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय तामाङको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Loading...