काठमाडौँकाे कागेश्वरीमा मोटरसाइकल नालीमा खस्दा चालकको ज्यान गयो

काठमाडौँमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति १२ बजे भएको दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसे घरभई हाल थली बस्ने २७ वर्षीय राजमान तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तामाङले चलाएको वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खसेको थियो । उनको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।

Loading...