समाजवाद उन्मुख शक्तिसँग सहकार्य र सच्चा कम्युनिष्टसँग पार्टी एकता गर्न तयार छौँ- श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी, समाजावादी, परिवर्तनकारी शक्ति मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

देशमा भएका परिवर्तनलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका उनले २१औँ समाजवादलाई प्रस्ट पार्न बहस गरिरहेको बताए ।

भ्रष्टाचार, अनियमितशतासहितमा आत्मसमीक्षा गरेर देशको रुपान्तरणा गर्न सम्भव रहेको भन्दै उनले जारी महाधिवेशन यसैमा केन्द्रिूत रहने जानकारी दिए । नेपाली जनताको आवश्यकता, देशको समृद्धिलाई केन्द्रमा राखेर महाधिवेशनमा छलफल हुने उनको भनाइ छ ।

समाजवाद उन्मुख शक्तिसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीसँग एकता पनि सम्भव रहेको बताए । साथै उनले माओवादी केन्द्र चाँडै विशेष महाधिवेशनमा पनि जान सक्ने बताए ।

Loading...