जबरजस्ती करणी प्रयासको आरोपमा किशोर पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयासको आरोपमा बर्दिबास नगपालिका ७ मनहरीपुरका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वडा नंं ९, पशुपतिनगरकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

Loading...