तीन दिन लम्बियो माओवादी केन्द्रको महाधिवेशन

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन तीन दिन लम्बिने भएको छ । माओवादी केन्द्रले ११–१३ पुससम्म प्रथम राष्ट्रि सम्मेलन गर्ने भनेको थियो ।

शनिबारको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव आज बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अुनमोदन गरेको हो । यसका साथै बैठकले ११–१६ पुससम्म महाधिवेशनको मिति पनि तोकेको हो ।

माओवादी केन्द्रको अधिवेशनको उद्घाटन सत्र भने आइतबार दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनामा हुँदैछ । माओवादी केन्द्रले विधान संशोधन गरेर बहुपदीय संरचनामा जाने र १५ पदाधिकारी रहने निर्णय गरेको छ । अधिवेशनकै दिन आज विहान बसेको केन्द्रीय समितिको अन्तिम बैठकले आठौं महाधिवेशनबाट चुनिने १५ पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने टुंगो गरेको हो ।

माओवादीमा अब अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ । वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था यसअघि माओवादीमा थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार