माओवादी विधान संशोधनः १५ पदाधिकारी, ६ उपाध्यक्ष, २ उपमहासचिव

नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेर बहुपदीय संरचनामा जाने र १५ पदाधिकारी रहने निर्णय गरेको छ ।

अधिवेशनकै दिन आइतबार बिहान बसेको केन्द्रीय समितिको अन्तिम बैठकले आठौं महाधिवेशनबाट चुनिने १५ पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने टुंगो गरेको हो ।

माओवादीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ । वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था यसअघि माओवादीमा थिएन ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार