फोन गरेर ओलीलाई महाधिवेशनमा आउन प्रचण्डको निम्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा सहभागि हुन निम्तो दिएका छन् ।

स्रोतका अनुसार आइतबार बिहान फोनबाट प्रचण्डले ओलीलाई ‘हाम्रो पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रुपमा आउनु होला’ भनेर आग्रह गरेका हुन् । जवाफमा ओलीले आफू पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापामा रहेकोले उपस्थित हुन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् ।

Loading...