पूर्वी नाका काँकडभिट्टा र भद्रपुर सिल

नेपालका पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । भारतको पश्चिम बङ्गालमा वैशाख ४ गते हुन लागेको राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । तिम्सिनाले यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार