एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत रहेको पुष्टि भइसक्यो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका विज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाई छ । उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेकाले नेपालीलाई मूर्ख बनाउन काम नगर्न सुझाव दिएका छन् र पाँचतारे होटेलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए ।

उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसंग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताएका छन् ।

रावलले एमसीसीको प्रस्ताव र विभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरू सार्वभौमिक समानताको सिद्धान्त विपरीत रहेको तर्क गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार