सभापतिमा देउवासँग पराजित कोइराला वरियतामा २० नम्बरमा

नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ । सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् ।

विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ । वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन् ।

काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो । कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए ।

सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वत: केन्द्रीय सदस्य हुने प्रावधान छ ।

वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठक र प्रमाण-पत्र वितरण समारोहमा सहभागी नभएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार