कसको हालत के हुन्छ भन्ने आउने चुनावमा देखिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा रहँदा केही फोहोरमैला लागेको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘फोहोरमैला बढार्न एकताले सघाउँछ । माओवादी केन्द्र सत्ताको नजिक पुगेपछि फोहरमैला लागेको छ । सत्तानजिक हुँदा लाग्दो रहेछ । तपाईं आएपछि सफाइमा सहयोग पुग्छ ।’

नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । त्यसपछि आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’

प्रचण्डले माओवादीमा अहिले ८ लाख सदस्य पुगेको भन्दै १० लाख पुर्‍याउने लक्ष्य लिइएको बताए । उनले कसको हालत के हुन्छ भन्ने कुरा आउने निर्वाचनमा देखिने बताए । उनले भने, ‘कसको हालत के हुन्छ, त्यो निर्वाचनले देखाउँछ ।’

प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए ।

प्रचण्डले नेकपा मसाल र आफूहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले एकता दिगो हुने दावी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार