एसएसपी यादव मृत्यु: श्रीमती आएपछि मात्र शव निकालिने

अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला निवासभित्रै झुण्डिए

शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत भेटिएका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ ।

यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन् ।

अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव आफ्नै कार्यालयको क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार