नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत भेटिएका छन् । शुक्रबार दिउँसो निवासभित्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

Loading...