सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो जित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोनमा लगातार दोस्रो जित दर्ता गरेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै, दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–५ को एकपक्षीय सेटमा जित हासिल गर्न नेपाल सफल भयो ।

जितसँगै नेपालले दुई खेलबाट ५ अंक जोडेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध जित हात निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार