फाइजरले उत्पादन गरेको कोरोना विरुद्धको खाने चक्की अमेरिकामा अनुमति

अमेरिकाको फाइजर कम्पनीले कोरोना भाइरसको उपचारमा खाने चक्की पनि बनाएको छ । चक्कीलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले अनुमति प्रदान गरेको छ ।

१२ वर्षमाथिका व्यक्तिमा कोभिड पुष्टी भएका बिरामीलाई चक्की खान दिँदा अस्पताल जान नपर्ने र मृत्युवरण पनि गर्न नपर्ने बताइएको छ ।

प्याक्सलोभिड नामक चक्कीको प्रभावकारिता ८९ प्रतिशत रहेको दावी गरिएको छ । अमेरिकामा मात्रै दैनिक एक लाखभन्दा बढी कोरवना संक्रमितहरु फेला परेको अवस्थामा फाइजर कम्पनीले यो वर्ष १ लाख ८० हजार पूरा मात्रा उत्पादन गर्ने क्षमता राख्दैछ ।

मागभन्दा ज्यादै कम उत्पादन क्षमता रहेपनि कोभिड उपचारको क्षेत्रमा प्याक्लोभिड चक्कीले मानिसहरुमा नयाँ जीजीविषा उत्पन्न गराएको छ । कोभिड लक्षण देखिएको पाँच दिनभित्र खुवाउन शुरु गर्ने विभिन्न प्रकारका यसका च्क्कीहरु ५ दिनसम्ममा पूरा मात्रा दिनु पर्ने फाइजरले जनाएको छ ।-

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार