न्यायालय विवादको निकास सर्वदलीयबाट खोज्न प्रधानमन्त्रीलाई महान्यायाधीवक्ताको आग्रह

महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए ।

‘प्रधानन्यायाधीशको विषयमा गम्भीर प्रश्न कुरा उठेको छ । सरकारले विशेष चासो दिनुपर्नेछ । सर्वदलीय बैठक बसेर भए पनि अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन स्वच्छ न्यायपालिकाका विषयमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्यूले विपक्षीसँग बसेर, सर्वदलीय बैठक राखेर निकास खोज्नुपर्छ । निकास दिनुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा महान्यायाधिवक्ता खातीले नयाँ र परिस्कृत कानुन आवश्यक रहेको भन्दै ध्यानाकर्षणसमेत गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार