नेकपा एमाले विखण्डनतर्फ गयो, अब माथि उठ्न सक्दैन: नेता खनाल (भिडियोसहित)

जनताले शक्तिशाली बनाएको एमालेलाई ओलीले कमजोर बनाएको आरोप

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले विखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब विखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेका हुन् ।
नेता खनालले जनताले शक्तिशाली बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको जिकिर गरे । गएको निर्वाचनमा जनतासँग गरेको प्रतिविद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सही बाटोमा हिँडाउन नसकेका कारण आफूहरूले नयाँ बाटो रोजेको उनको भनाई छ ।
त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरूले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दाबी गरेका छन् । खनालले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा हुने धारणा राखेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार