माधव र प्रचण्डले जनादेशलाई खण्डित पारेको एमाले महासचिव पोखरेलको आरोप (भिडियो)

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै पोखरेलले पाँच वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद् विघटन गरि ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।

अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाई छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले सङ्गठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।

उनले एमालेलाई अनुशासित पार्टी बनाउदैं देशको ठूलो पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार