झापाकी साम्राज्ञीले जितिन् मिस टिन २०२१ प्रदेश १ को उपाधि

मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छन् । मंगलबार बिर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए ।

उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि र ताज पाएकी छन् । साथमा अध्ययनका लागि छात्रवृत्ति समेत पाएकी छन् । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई भएका छन् । उनीहरुले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरुले समेत छात्रवृति पाएको आयोजकले जानकारी दियो । प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार