विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु

विश्वकै जेष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक वृद्धाको मृत्यु भएको छ । विश्वकै वृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् ।

चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो । सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा मृत्यु भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो ।

मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरे गिनिज वल्र्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् । सियिटीलाई विश्वकै जेष्ठ महिला घोषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार