एभीसी भलिबलः श्रीलंकालाई पराजित गर्दै नेपालकाे सुखद् सुरुवात

सुरुवाती दुई सेटमा पछि परेको नेपाली महिला भलिबल टोलीले पुनरागमन गर्दै एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा श्रीलंकालाई पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

बिहीबार ढाकामा सम्मन्न पहिलो खेलमा साविक विजेता नेपालले श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै सुरुवाती अंक खोसेको हो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले सुरुवाती दुई सेट १९-२५ र २१-२५ ले गुमाएको थियो ।

सुरुवाती दुई सेटमा पछि परेपछि उत्कृष्ट प्रदर्शन गरेको नेपालले लगातार तीन सेट आफ्नो नियन्त्रणमा राख्यो । तेस्रो सेट नेपालले २५-१५, चौथो सेट २५-१९ र पाँचौ तथा निर्णायक सेट १५-१३ ले जित्यो ।

प्रतियोगिताको महिलातर्फ नेपालसहित आयोजक बंगलोदश, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका छन् । राउन्ड रोबिन पद्धतिमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Loading...