नौडाँडामा ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

कास्कीको नौडाँडामा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको हो ।

मृतक सुवेदीले चलाएको स्कुटर गएराती १२ बजे ट्रकमा ठोक्किएको थियो । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । थप जानकारीका लागि अनुसन्धान भइरहेको जिप्रका कास्कीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार