बेलायतमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

बेलायतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार एकैदिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख ६ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।

नयाँ पुष्टि भएकामध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ । ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन् । ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार