नेपालमा आज थप एकजनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

नेपालमा आज थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङमार्फत नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिएकी हुन् । संक्रमित पुरुषको अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको छ ।

योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट देखिनेको संख्या ३ पुगेको छ । यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार