एनआईसी एसिया क्यापिटलको सञ्चालकमा रुपेश लुइँटेल नियुक्त

एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको १०१ औं बैठकको निर्णयबमोजिम आजदेखि लागू हुने गरी यस क्यापिटलको सञ्चालक समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट रुपेश लुइँटेल नियुक्ति भएका छन् ।

उनीसँग सनराइज बैंक, मुक्तिनाथ विकास बैंक तथा एनआईसी एसिया बैंक गरी १० वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेकोे छ ।

 

उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाइ चुम्ने विश्वास लिएका छौं ।
Loading...