प्रधानन्यायाधीशले बाेलाएकाे न्याय सेवा आयोगको बैठक स्थगित

बुधबार बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । लोकसेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश (दीपककुमार कार्की), कानुन न्याय तथा संसदीय मामिलामन्त्री (दिलेन्द्र बडू), महान्यायाधिवक्ता (खम्मबहादुर खाती) र लोकसेवा आयोगका अध्यक्ष रेग्मी सदस्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार