थप ५८० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २५४ जना

नेपालमा बुधबार ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २८९ पिसिआर परिक्षण गर्दा ५८० जनामा र ४५१ एन्टिजोन परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६१ पुगेको छ ।

हालसम्म मुलुकभर ४ हजार ५६ जना सक्रिय संक्रमित छन् भने ७९ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा १२९ जना निको भएका छन् भने हालसम्म २ लाख ७४ हजार ४४७ जना कोरोना मुक्त भएका छन् । हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार