संसदमा विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान

अफ्रिकी मुलुक घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान भएको छ। सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

मोबाइलमार्फत् गरिने कारोबारहरूमा १.७५ प्रतिशत इ-लेबी राख्ने विधेयक सत्तारूढ दलले पेश गरेको छ। तर प्रतिपक्षी दलले त्यसको विरोध  गर्दै आएको छ।

उपसभामुख जोसेफ ओसेइ-ओवुसुले सदनमा करसम्बन्धी विधेयकमा छलफल हुने र मतदान हुने बताएका थिए। उनले विधेयकको पक्षमा मतदान गराउन खोजेको भन्दै सासंदहरू उपसभामुखको चेम्बर अगाडि जम्मा भएका थिए।

त्यत्तिकैमा केही सासंदहरूले धकेलाधकेल र मुक्का हानाहानसमेत गरेका थिए।

Loading...