भारतविरुद्धको शृंखलामा दक्षिण अफ्रिकाले दर्शकलाई रोक लगाउने

विश्वभर फैलिँदै गएको कोभिड–१९ (ओमिक्रोन) को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ ।

दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो ।  शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ ।

‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौं । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ,’ जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकामा हप्तामा २० हजार भन्दा बढीलाई ओमिक्रोन देखिन थालेपछि यो निर्णय लिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार