प्रतिनिधिसभामा एमालेको अवरोधका बीच दुई अध्यादेश स्वीकृत

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार