प्रतिनिधिसभाको आजको बैठकमा पनि एमाले सांसद्को नाराबाजी

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

यसअघि गत बिहीबारको बैठक पनि एमालेले अवरुद्ध बनाएको थियो ।

सभामुखको भूमिका र एमालेबाट विभाजित भई गठन भएको एकिकृत समाजवादीका सांसदलाई लिएर संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् ।

आजको बैठकमा सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार