कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी जित नजिक

नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् ।

पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौं स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाएका छन् । छैठौं स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार