प्युठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । जिप दुर्घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटनामा परेको हो । बुधबार दिउँसो भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार