माओवादी केन्द्रकाे बागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् ।

प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन् । कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् ।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार