एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ ।

एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो ।

लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ´ कर्णले भने ।

यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ ।

यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए ।

प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो ।

त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार