यी हुन् चिलीको इतिहासमै कम उमेरका राष्ट्रपति

चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरि ३५ वर्षीय बोरिस विजयी भएका हुन् ।

अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए ।

निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ ।

३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछ । त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन् ।

देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो । पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार