यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना सकिएको हो ।  ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार  देखिएको छ । अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा रहेका उनले त्यसको भरपूर फाइदा लिएका छन्।

उनले दुईतिहाइभन्दा धेरै अर्थात ३८३६ मत ल्याउँदै उनी केन्द्रीय सदस्य भए। एनपी साउदले दोस्रो लोकप्रिय मत २९३७ ल्याउन सफल भए। तेस्रो नम्बरमा रहेका गृहमन्त्री बालकृष्ण खाँणले २८७९ मत ल्याएका छन्।

चौथो नम्बरका उदय शमशेर जबराले २८४३ मत ल्याउन सफल भए। त्यस्तै अर्को लोकप्रिय मत २८३२ ल्याउँदै पाँचौँ स्थानमा रहे। सर्वाधिक मतसहित शशांक पहिलो हुँदा ३५ औँ नम्बरमा १७०७ मतसहित कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार