बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । सङ्घीय संसद्को गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ । तर बैठकमा नेकपा एमाले भने सहभागी छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बैठक बहिस्कार गरेका हुन् ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार