बुद्धनगरमा चर्चभित्रै ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिए

बुटवलको एक चर्चमा एक बालक झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बाबु रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको स्थानीय बताउँछन् । लगत्तै बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार